मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाई सहयोग आउने क्रम जारी, समुहले पनि सहयोग गर्दै

0
60

मकवानपुरगढी- मकवानपुरगढि सामुदायिक कोभिड प्रतिकार्य समुहले कोरोना सङ्क्रमण रोकथाम अभियानका लागि विभिन्न ब्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भइरहेका छन् भने समुहले पनि विभिन्न ब्यक्ति तथा संस्थाहरुमा सहयोग गर्ने कामको निरन्तरता चलिरहेको छ ।

समुहलाई पछिल्लो चरणमा मकवानपुरगढी ३ का स्थाई बासिन्दा हाल कामका सिलसिलामा धनगढीमा रहुनुभएका बिष्णु रेग्मीले आफ्नो ११ औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा रु. ५ हजार ५५५/- सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । यसैगरि भरतपुर, चितवन निवासी प्रनिता पोखरेल आचार्यले ५,५00/- , हेटौंडा ५ का कृष्ण चौलागाईंले रु.१० हजार, चण्डिका मावी सिखरकटेरीका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले रु. २ हजार, हेटौंडा १९ निवासी इन्जिनियर डा. कृष्ण प्रसाद भेटवालले रु. ५ हजार र मकवानपुरगढी ३ निवासी (हाल हेटौंडा ५) गोपाल तिमल्सिनाले रु.५ हजारको प्रतिबद्धता जनाउनु भएको छ ।

यसैगरी काठमाडौं सुकेधाराका नितु चन्दले रु. २ हजार ५२५/- , मकवानपुरगढी ३ निवासी क्रमशः रवीन्द्र शाहले रु. ५ हजार ५ सय र प्रकाश दाहालले आजसम्म १९ क्रेट कुखुराको अण्डा निशुल्क उपलब्ध गराउनु भएको समुहका सदस्य कमल फँयलले जानकारी दिनुभयो ।

समूहले मकवानपुरगढी वडा नम्वर ३ को फुटसलमा रहेको अस्थायी कोभिड अस्पतालमा संचालन गरिएको कोभिड आइशोलेसन सेन्टरलाइ मंगलबार २ वटा खुट्टाले थिचेर स्यानिटाइज गर्ने स्ट्यान्ड हस्तान्तरण गरेको छ ।

यसैगरी वडा नम्वर ३ कै ११ जना कोभिड सङ्क्रमितलाई कोसेली (स्वास्थ्य सुरक्षा सामग्री र पोषिलो खानेकुरा) सहित भेटघाट र स्वास्थ्य मनोबिमर्श सेवा प्रदान गरिएको समुहका सदस्य कमल फुयालको जानकारी दिनुभयो ।