उद्योगी व्यवसायीहरुलाई कोभिड १९ विरूद्दको खोप उपलब्ध गराउन नेपाल चेम्वर अफ कमर्सको आग्रह

0
37

मकवानपुर/ नेपाल चेम्वर अफ कमर्सले उद्योगी तथा व्यवसायीहरुलाई कोभिड १९ विरूद्दकाे खोप उपलब्ध गराउन आग्रह गरेको छ । चेम्बरले अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायिक क्षेत्रको आत्मवल घटेको भन्दै खोप उपलब्ध गराउने आग्रह गरेको हो ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै चेम्बरले नीजि क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्ने जनाएको छ । नयां भेरियण्टको कोभीड-१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले अग्रपंक्तिमा कार्यरत समस्त व्यवसायिक क्षेत्रको आत्मवलमा घटेको चेम्बरले जनाएको छ । कोरोना बिरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सिर्जना भएको चेम्बरले जनाएको छ ।

उद्योग तथा व्यवसाय संचालनको क्रममा कार्यरत समग्र नीजि क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा उद्याेगी, व्यापारी तथा कर्मचारीहरुलाई पनि दुवै चरणको खोपको व्यवस्था गर्न नेपाल चेम्वर अफ कमर्सले माग गरेको छ ।