नेपाली धेरै भएको मुलुकमा पुनः हवाई उडान सुरु गरिने

0
22

मकवानपुर । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने भएको छ ।

कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्रिपरिषद्ले सहमति दिएपछि मन्त्रालयले यसको तयारी शुरु गरेको हो । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने छ । हिजो बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको जानकारी गराउनु भएको हो ।

यस्तै हिजोको सिसिएमसिको बैठकले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाइ उडान शुरु गर्ने निर्णय गरेको छ । बैठकको निर्णपछि टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियालगायतका देशहरुमा हवाइ उडान पुनः संचालन हुने भएका छन् । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाइ उडान सञ्चालन हुनेछन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।