बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण देबकोटा नियुक्त

0
204

बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्षमा नारायण देबकोटा नियुक्त

हेटौंडा / बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्ष पदमा नारायण देबकोटा नियुक्त हुनुभएको छ ।

बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा देबकोटाको नियुक्ति भएको हो ।
२०५० सालबाट सहकारी अभियानमा निरंतर कृयाशिल देबकोटा हाल राष्ट्रिय सहाकारी महासंघका केन्द्रिय संचालक, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।

मकवानपुरे सहकारी आन्दोलन र केन्द्रिय दुग्ध सहकारी अभियानमा देबकोटाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेबापत पटकपटक पुरस्कार तथा सम्मानित भैसक्नुभएको छ ।