शुक्रबार मकवानपुरगढीमा ३ जना संक्रमित थपिए १६ जना संक्रमणमुक्त

0
31

मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट शुक्रबार मकवानपुरगढीमा ३ जना संक्रमित थपिएका छन् । थपिनेमा २ महिला र १ पुरुष रहेका छन् ।

त्यसैगरी आज नै संक्रमित भएको १४ दिन पारगरी १६ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमित हुनेहरुमा वडा नम्बर ५ का २ जना महिला र वडा नम्बर ७ का १ जना पुरुष रहेका छन् । उनीहरु सबै हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २२१ पुगेको छ भने १८४ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।

आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित ३८ जना रहेका मध्ये ३५ जना होमआईसोलेशन र २ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन वार्डमा तथा १ जना भरतपुर अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।