तपाईंको सेयर बजारमा लगानी गर्ने चाहाना छ ? यस्तो छ प्रक्रिया

0
14

हटौंडा । पछिल्लो समय सेयर (आइपीओ) बजारमा नयाँ लगानी कर्ताको आकर्षण वृद्धि भइरहेको छ । सेयर बजारमा नयाँ लगानी कर्ता बनेर कसरी आइपीओ भर्ने भन्ने सोचमा हुनुहुन्छ भने प्रक्रिया हामीले सिकाउने छौं ।

यस आर्थिक वर्ष विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्दा आवेदकहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ । पछिल्लो समयको तथ्याङ्कअनुसार २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन् भने सक्रिय डिम्याट खाता २० लाख भन्दा बढि छन् ।

बैंकमा खाता खोल्ने

कुनै पनि कम्पनीको आइपीओमा आवेदन दिन तथा सेयर कारोबारका लागि सर्वप्रथम बैंकमा बचत खाता खोल्न पर्दछ । बैंकमा भौतिक रुपमा उपस्थित भएर वा अनलाईनबाटै पनि खाता खोल्न सकिन्छ व्यवस्था बैंकले गरेको छ ।

डिम्याट खाता खोल्ने

कम्पनीले ल्याएको आइपीओ भर्न वा कुनै पनि सेयर कारोबारको लागि डिम्याट खाता अनिवार्य रुपमा चाहिन्छ । डिम्याट (हितग्राही) खोल्नका लागि खाता पहिले नै बैंक खाता छ भने सोही खाता प्रयोग गर्न सकिन्छ । क्यापिटल कम्पनीबाट पनि डिम्याट खाता खोल्न सकिन्छ । अनलाइन सेवा पनि लिन सकिन्छ ।

मेरो सेयरको खाता

बैंक खाता र डिम्याट खाता भइसकेपछि आफ्नै मोबाइल वा अनलाईनबाट आइपीओ भर्न मेरो सेयरको खाता खोल्नु पर्दछ । बार्षिक ५० रुपैयाँ लाग्ने मेरो शेयर सिडिएस एण्ड क्लीयरिङ हाउसको व्यवस्थापनमा सञ्चालनमा छ ।

मेरो शेयरमा खाता खोलिसकेपछि तपाईले अनलाईनबाटै शेयर खरिद बिक्री सम्बन्धी काम गर्न सक्नुहुन्छ भने तपाईको डिम्याट खातामा कति सेयर छ भनेर हेर्न सक्नुहुन्छ । सेयर बिक्री गर्दा ट्रान्सफर गर्न सक्नुहुन्छ । आइपीओ पनि मेरो शेयरबाटै भर्ने व्यवस्था गरिएको छ ।

डिम्याट खाताको नम्वर र बैंक खाताको नम्वर राखेर मेरो शेयरको खाता खोल्न सकिन्छ । यसको लागि डिम्याट खाता जहाँ खोलेको हो, त्यहीबाट मेरो सेयरको खाता खोल्दा सजिलो हुन्छ ।

मेरो सेयरको खाता खोलिसकेपछि त्यसबाट युजर आईडी र पासवर्ड आउँछ, सोही पासवर्ड र युजर आईडीको सहायताले मेरो शेयरको सर्भरमा लगइन गरेर आईपिओ भर्न सकिन्छ ।

मेरोशेयरको आइडि र पासवर्ड लिइसकेपछि मेरोशेयरको वेबसाइटमा गई लगइन गरी पासवर्ड परिवर्तन गरेर मात्र चलाउनुपर्दछ । लगइन पश्चात ४ अंकको पिन कोड सेट गर्नुपर्दछ जुन आफुसँग सिमित गोप्य रहनुपर्दछ ।

सिआरएन नम्वर

क्यापिटल मार्केट कम्पनीबाट डिम्याट खाता खोलिसकेपछि सोही नम्वर राखेर पुनः आफ्नो बैंक खाता भएको बैंकमा गएर वा अनलाईनमार्फत सिआरएन रजिष्ट्रर फर्म भर्नुपर्दछ । यसको लागि नागरिकता अनिवार्य लिएर जानुपर्दछ । साथै डिम्याट खाता खोलिसकेपछि प्राप्त भएको डिपि आईडि पनि लिएर जानुपर्दछ । डिम्याट खाताको नम्वर, बैंक खाताको नम्वर समावेश गरेर सिआएन नम्वर पाइन्छ ।

आइपीओ मसरी भर्ने

मेरो सेयर आइडी र पासवर्ड तयार भइसकेपछि खुलेको कम्पनीको आइपीओमा आवेदन दिन सकिन्छ । साथै आफ्नो शेयर कति छ भनेर हेर्न पनि सकिन्छ । यसका लागि मेरो सेयरको वेबसाइटमा गई सर्वप्रथम लगइन गर्ने ।

त्यसपछि लेफ्ट कर्नरमा रहेको ‘माइ आश्वा’ मा गई अप्लाई इश्युमा जानु पर्दछ । त्यसपछि आइपीओ आवेदन खुल्ला रहेको कम्पनीको राइट साइडमा गई अप्लाईमा क्लिक गरी आवेदन दिन सकिन्छ ।