भेरोसेल खोपको दोस्रो मात्रा लगाउन एक किलोमटर लाइन (फोटो फिचर)

0
35

हेटौंडा । सरकारले मंगलबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन शुरु गरिएको हो ।

ADVERTISEMENT

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ । काठमाडौंको नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल खोप केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा सयौं सर्वसाधारण खोपको प्रतीक्षामा लाइन बसेका छन् ।