मकवानपुरको बकैया गाउँपालिकामा मुख्यमन्त्री पौडेलद्वारा दुईवटा पुल उद्घाटन ( फोटो फिचर )

0
126

ADVERTISEMENT

हेटौँडा / बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा आज दुईवटा पुल उद्घाटन गर्नुभएको छ ।

बकैया गाउँपालीकाद्वारा आयोजित आज एक कार्यक्रम मार्फत मुख्यमन्त्री पौडेलले बकैया वडा नंबर ५ ठाँटी खोलामा निर्माण भएको पक्की पुल तथा वडा नंबर ३ को बकैया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको संयुक्त लगानीमा समपुरक बजेट अन्तर्गत १ करोड रुपैँयाको लगानीमा बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल निमार्ण भएको हो  ।
ठाँटी खोलाको पुल २६ दशमलब २५ मिटर लम्बाई तथा ७ दशमलब २० मिटर चौडाईको रहेको छ । पुल निर्माण पछि बकैया वडा नंबर ४,५ र ६ नंबर का वासिन्दाहरुलाई मदन भण्डारी राजममार्गसम्म आईपुग्न सहज भएको छ ।

त्यस्तै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन भएको छ । संघिय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टिभिएसयुको प्राविधिक सहयोगमा निर्माण पुल निर्माण भएको हो ।
पुलको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पौडेलले अब विकासको युग प्रारम्भ भैसकेको बताउनुभयो ।


नेकपा एमाले नेतृत्वको सरकारले देशैभरी विकासको काम गरेको भन्दै उहाले बागमती प्रदेश सरकारको साढे तिन वर्षको कार्यकालमा मात्र हालसम्म ४६ वटा पुल निर्माण भएर सञ्चालन भैसकेको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा विगठित प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहालले बकैया गाउँपालिकामा विकासको मुहान फुटेको बताए । बकैया गाउँपालिका मदन भण्डारी राजमार्ग तथा फास्ट ट्रयाक्को क्षेत्रमा रहेको भन्दै यहाँ विकासको नयाँ आयाम थपिएको बताए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, हेटौंडा अस्पताल बिकास समितिका पुर्व अध्यक्ष सुनिल मोक्तान सहित स्थानीय राजतीतिककर्मी, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।