जीवन विकास लघुवित्तको आइपीओ आज बाँडफाँड, कतिलाई पर्छ ?

0
60

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ आज बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँड हुने भएको हो । हिजो नै प्रिअलोटमेन्ट सम्बन्धी काम सकिएको थियो ।

आईपीओ इतिहासमै पहिलोपल्ट २० लाख ५९ हजार ३ सय ५८ जनाले सेयर माग गरेका थिए ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको थियो ।

ADVERTISEMENT

जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

नियमअनुसार १ लाख ८४ हजार ८ सय १० जनाले १०–१० कित्ता तथा ५ जनाले ११–११ कित्ता सेयर पाउनेछन् ।

आईपीओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।