आजराती युरोकप फुटबलको महाभिडन्त हुदैं, इंग्ल्यान्ड र इटालीमा कस्ले जित्ला ?

0
11

काठमाण्डौ । १६ औं युरोकप फुटबलको फाइनल खेल आजराति हुँदैछ ।

वेम्बली स्टेडियमा नेपाली समय अनुसार राति पौने १ बजेपछि हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षकले उपाधि जित्न तयार रहेको बताएका छन् ।

इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ । इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।००००