बजेटको राजनिती सत्तापक्षमा एकता, प्रतिपक्षमा भाडभैलो

0
185


हेटौंडा / बागमती प्रदेश सभाको बजेट आइतबार बहुमतले पारित भएको छ ।
असार १ गते सरकारले प्रदेश सभामा प्रस्ताब गरेको बजेटमाथि लगातार अबरोध गरेका प्रतिपक्ष दलहरुले नाटकीय तबरले समर्थन गर्दै आइतबार बजेट पारित हुन दिएका छन् ।

बिनीयोजन बिद्येयकमाथि छलफलमा उठेका पुरक प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिँदै गर्दा बिद्युत लाइन गएपछि सभामुखले ५ मिनेटका लागि संसद बैठक स्थगीत गरेका थिए । बैठक ५ मिनेट पछि पुनः सञ्चालन गर्ने सभामुख सानुकुमार श्रेष्ठको घोषणापछि प्रतिपक्ष दल माओवादी केन्द्र र नेपाली कांग्रेस बैठक छाडेर बाहीरीहएका थिए । बजेट पास गर्न सत्तापक्ष एकजुट हुँदा बागमती प्रदेश सभाको बजेट बहुमतले पारित भएको छ ।
बैठक पुनः सोमबार बिहानका लागि बोलाईएको छ । निती कार्यक्रम र बजेट पास गर्न एमालेका बहुमत सांसदहरु एक भएका छन् । सत्तापक्ष एक नहुँदा बजेटमाथि छलफल अघि बढ्न सकेको थिएन । एमाले भित्रको विवाद मिलेपछि मात्रै बजेटमाथि छलफल प्रकृया अघि बढाईएको थियो ।
बजेट पास गराउन प्रमुख प्रतिपक्ष दलका नेता शालीकराम जम्मकट्टेल र नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले हिस्सा लिएको भन्दै प्रतिपक्ष दलभित्र भाडभैलो देखिएको छ । प्रमुख प्रतिपक्ष दलको उपनेता कुमारी मुक्तान र नेपाली कांग्रेसका जीवन डंगोल आइतबारको प्रदेश सभा बैठकमै अनुपस्थित रहेका थिए । डंगोल कांग्रेसभित्र बानियाँसंग संसदीय दलका नेतामा प्रतिस्पर्धा गरेका कांग्रेसका प्रदेश सभा सदस्य हुन् ।

पार्टीभित्रको असन्तुष्टीका बिच प्रदेश सभा बैठक अघि बढाउन कार्यव्यवस्था परामर्श समितीमा सहभागीता जनाई सहमती गरेका विपक्ष दलका नेता विद्युत लाईन नभएको भन्दै बैठकबाट बाहीरिएका थिए । सभामुखले ५ मिनेटपछि पुनः बैठक सुरु हुने बताईरहँदा प्रमुख प्रतिपक्ष दलका नेता र कांग्रस संसदीय दलका नेता संसद बैठक अबरुद्ध नगरि बाहीरिएपछि सत्तापक्षलाई बजेट पास गर्न सहज अवस्था बनेको थियो ।
बिद्युतीय बस खरिद प्रकृया रोक्न र सुरुङ मार्गमा बजेट नराख्न माग गदै आएका प्रतिपक्ष दलले आजको बैठक स्थगित नगरी सुचारु हुन दिएर सरकारलाई सहयोग गरेका छन् ।

आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरुले नाटकीय रुपमा संसद बैठक बहीस्कार गरेका हुन् । यद्यपी बजेट भने बहुमतले पारित भएको छ ।