बागमतीमा आधारभुत तह(कक्षा २-३)को २ दिने अभिमुखीकरण तालिम सुरु

0
8

मकवानपुर – मकवानपुरको बागमति गाउँपालिकामा आधारभुत तह कक्षा २ र ३ को पाठयक्रममा आधारित २ दिने अभिमुखीकरण तालिम आज सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजना तथा बागमति गाउँपालिकाको संयोजनमा तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा एकिकृत पाठ्यक्रममा भएका शिर्षकहरुका बिषयमा शिक्षक-शिक्षिकाहरुलाइ जानकरी गराइएको थियो । उक्त कार्यक्रम बोल्नु हुदै प्रमुख अतिथी बागमति गाउँपालिका अध्यक्ष सर्केश घलानले शिक्षा क्षेत्रको निर्णय गर्ने अधिकार गाउँपालिकालाई दिनुपर्ने, शिक्षाको पहुँच गाउँगाउँसम्म पुर्याउनुपर्ने र शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती गाउँपालिकाका कार्यकारी प्रमुख शुक्रमान राइ, शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख प्रेमराज खरेल ,प्रशिक्षक दिनेश माझी , प्रमोद कुमार राई, लगाएतको उपस्थीती रहेको थियो कार्यक्रम शिक्षा शाखा प्रमुख रमेस बिडारीको सभाध्यक्षतामा सम्पन्न भएको हो।