सर्वोच्चको फैसलाविरुद्ध हेटौंडामा विरोध प्रदर्शन,फैसला जलाईयो

0
249

हेटौंडा / सर्वोच्च अदालतको फैसला विरुद्ध नेकपा एमाले मकवानपुरको भातृ संगठनहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका छन ।

आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि एमाले निकट संघ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

एमाले निकट अनेरास्ववियु मकवानपुर,राष्ट्रिय युवा संघ मकवानपुर ,अनेमसंघ मकवानपुर र खेलकुद महासंघ मकवानपुर,मुस्लिम संगठन, मदन भण्डारी स्पोर्ट्स एकेडेमी लगाएत भातृ संगठनहरु विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्नु परेको बताएका छन् । उनिहरुले निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन,संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए ।