७७ वटै जिल्लामा कोरोनाको खोप अभियान सुरु, क–कसले पाउँछन् ?

0
9

हेटौंडा । आजदेखि सबै जिल्लामा खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि फेरि खोप अभियान सुरु गर्न लागिएको हो ।

पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेकले कोरोना विरुद्धको खोप लगाउन पाउने छन् ।

विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउनेछन् ।
जोन्सन एण्ड जोन्सन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेरकालाई दिइने छ ।
कोरोनाविरुद्धको खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् ।

सरकारले चीनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो ।