महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

0
18

काठमाण्डौं । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । सरकारको कानुनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गर्नुभयो ।

ADVERTISEMENT

सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न हिजो परमादेश जारी गरेको थियो ।