गृहमा बालकृष्ण र अर्थमा जनार्दन, जसपा सरकारमा नजाने

0
9

काठमाण्डौ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा ४ महत्वपूर्ण मन्त्रीको टुंगो लागेको छ ।

प्रधानमन्त्री देउवाले आज गृह, अर्थ र उर्जा र कानुन न्याय तथा संसदिय मामिलामन्त्री टुंगो लगाउनु भएको हो । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड गृहमन्त्री बन्नु भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका खाँड मन्त्री बन्नु भएको हो । यस्तै अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र उर्जा मन्त्रीमा माओवादीकै पम्फा भुसाललाई सपथ गराउने तयारी भएको छ । यस्तै नेपालि कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदिय मामिलामन्त्री बन्नु भएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनियताको सपथ गराउने तयारी गरिएको छ ।०००

यस्तै, जनता समाजवादी पार्टी जसपाले देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले जानकारी दिनुभयो । आजै गठन हुने मन्त्रपरिषदमा भने जसपाले मन्त्री नपठाउने भएको छ । जसपाको आधिकारिकता सम्बन्धी मुद्दा निर्वाचन आयोगमा विचाराधिन रहेको छ । आयोगले साउन पहिलो साता उक्त मुद्दामा टुंगो लगाएपछि जसपाले सरकारमा मन्त्री पठाउने तयारी गरेको हो ।०००