यसभन्दा पहिले प्रधानमन्त्री हुँदा देउवाले गरेका विवादित काम के के हुन् ?

0
10

हेटौंडा । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा ५औं पटक नेपालको प्रधानमन्त्री हिजो भएका छन् । प्रधानमन्त्री देउवाले यसभन्दा पहिले प्रधानमन्त्री हुँदा केही विवादित काम गरेको चर्चा हुने गरेको छ ।

अदालतीय प्रक्रियाबाट पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाबाट यसपटक पनि विवादित काम नहोला भन्न नसकिने राजनीतिक विश्लेषहरु नै बताउछन् । तर यस पटक के के गर्छन हेर्न बाँकी नै छ ।

पजेरोमा विवाद

देउवाले यसभन्दा अघि राजनीतिक साख गिराउनका लागि नै संसदहरूलाई भन्सार छुटमा प्राडो पजेरो किन्न दिएपछि त्यसले जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोणमा नकारात्मक सन्देश प्रवाह भएको थियो ।

महाकाली सन्धि

देउवा प्रधानमन्त्री हुँदा २०५३ सालमा संसदबाट महाकाली सन्धि पारित गराएर छमेमी देश भारतलाई खुसी पारेका विषय पनि विवादित नै रहेको छ ।

सत्ता टिकाउन धेरै मन्त्री

पहिलो पटक प्रधानमन्त्री भएको समयमा सत्ता टिकाउनका लागि ४८ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन गरेर गरेका थिए । नेपालका नेताले आफ्नो सत्ता जोगाउन जे पनि गर्न तयार हुन्छन् भन्ने देखाउछ ।

संसद् विघटन गरेर प्रजातन्त्रलाई दरबारको जिम्मा

२०५६ सालको निर्वाचनबाट बनेको संसद्लाई ३ वर्षमा नै विघटनको सिफारिस गर्दै प्रजातन्त्र दरबारलाई दिएका थिए । २०५९ असोज १८ र २०६१ माघ १९ मा दुवैपटक प्रजातन्त्र अपहरण हुँदा मुलुकको कार्यकारी प्रमुख देउवा नै थिए ।

टाउकाको मूल्य निर्धारक

२०५८ मंसिरमा सरकारले माओवादीसँगको वार्ता भंग भएपछि देशमा संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गर्दै नियन्त्रणका लागि २०५९ वैशाखमा प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्यहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख टाउकोको मूल्य तोकिएको थियो । अहिले मूल्य तोकिएकाले नै प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन सहयोग गरेका छन् ।

देउवाको वाइडबढी भ्रष्टाचार लगायतका अन्य कुरामा पनि नाम जोडिने गरेको छ ।