गढीमा फेरि बढ्न थाल्यो संक्रमित संख्या,सजग भई सुरक्षित रहन लामिछानेको अनुरोध

0
212

मकवानपुरगढी – मकवानपुरगढीमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित हुनेको संख्या पुनः बढ्न थालेको छ । दैनिक घट्दो क्रममा रहेको संक्रमित हुनेको संख्या पुनः बढ्न थालेको हो । पछिल्लो समय थपिएकामा अधिकांश ३ नम्बर वडा का रहेका छन् ।

यसैक्रममा शनिबार पनि मकवानपुरगढीका ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । थपिनेमा वडा ३ का ४ जना महिला र वडा नम्बर ४ का १ जना पुरुष रहेका छन् । १ जना पुरुषको हेटौंडामा गरिएको पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो भने ४ जना महिलाको भने मकवानपुरगढी मक्रान्चुलीमा रहेको अस्थायी कोभिड अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लमिछानेले बताउनुभयो ।

यो रेकर्ड सँगै हालसम्ममा कोभिड १९ को दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा कुल संक्रमण हुनेको संख्या २८१ पुगेको छ भने हालसम्ममा २४८ जना संक्रमण मुक्त भैसकेका छन् । आज १४ दिन पार गरि संक्रमण मुक्त हुनेको संखा १ जना रहेको छ भने कोभिड अस्थायी अस्पतालमा आज एक जना बिरामी थपिएका छन।

यसैगरी आज सम्ममा संकृय संक्रमितको संख्या ३३ जना रहेकोमा होम आइसोलेसनमा २४ जना, अस्पतालमा उपचाररत ३ जना र कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा ६ जना रहेको स्वास्थ्य प्रमुख लामिछ्नेले बताउनुभयो । पछिल्लो समय संक्रमितको संख्या फेरि बढ्न थालेको भन्दै सचेत भइ सुरक्षित रहन स्वास्थ्य प्रमुख लामिछानेले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

मकवानपुरगढीमा अहिलेसम्ममा ५ जनाको कोभिड कै कारण ज्यान गएको छ ।