काले दाईको हत्या भएको भन्दै देवकोटाचोकमा पर्दशन

0
329

काठमाण्डौं । रामेछापको मन्थली नगरपालिका वडा नंं. १२ निवासि राजकुमार बुढाथोकी (काले)हत्या भएको भन्दै आफन्तले देवकोटाचोकमा पर्दशन गरेका छन ।

घटना भएको महिनौ बितिसक्दा समेत घटनाको सत्य तथ्य छानबिनगरि दोषीलाई कारवाही गर्न नसकेको भन्दै मृतकका परिवारले पर्दशन गरेका हुन । उनिहरुले दोषीलाई कारबाहीको माग गर्दै देवकोटाचोकमा नाराजुलुस समेत गरेका थिए ।

गत असार १ गते ज्याला मजदुरी गर्न छिमेकीको घरमा गएका राजकुमार भोलि पल्ट मृत अवस्थामा फेला परेका थिए । त्यस दिन मृतक राजकुमारसँगै केही व्यक्तिहरूले मदिरा सेवन समेत गरेको बताइएको छ । गाउँ नजिकै सेरावेसी स्थित एउटा गोठमा बसेर केही ब्यक्तिहरूले राति ८ बजेसम्म मदिरा सेवन गरेको स्थानियले बताएका छन् । बोल्न नसक्ने राजकुमार असार २ गते दिउँसो उक्त गोठ नजिकैको भिर मुनि मृत अवस्थामा फेला परेका थिए । रानकुमारको भीरबाट लडेको मृत्यु भएको भनिएपनि घटना शंकास्पद देखिएको स्थानियले बताएका छन् ।

मृत अवस्थामा भेटिएका राजकुमारको पोस्टमार्टम समेत नगर्न समेत केहीले दबाब दिएको पीडित परिवारको आरोप छ । मृतक राजकुमारको पोस्टमार्टम रिपोर्टमा अग्लो ठाउँबाट खसेको भन्ने देखाएको र परिवारले जाहेरी दिएपछि शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जानाएको छ ।०००