वैदेशिक रोजगारीमा जाने नेपालीलाई तत्काल खोप दिन माग

0
9

काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ ।

आज आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि खोपको सुनिश्चिता गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले नेपाली श्रमिकहरूका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड १९ खोप लगाउन आग्रह गरेको हो ।

ADVERTISEMENT

आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।०००