सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

0
22

काठमाडौं। नेकपा एमाले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने भएको छ।

एमालेको बानेश्वरमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रत्येक संसद बैठकको पूर्वसन्ध्यामा बैठक बस्ने प्रचलनअनुसार बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,आगामी संसद बैठकमा एमालेले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल भएको भट्टराईले बताए।

ADVERTISEMENT

बैठकले बाढीपहिरोबाट घाइते भएकाको निःशुल्क उपचार गर्न पनि माग गरेको छ।