भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा

0
3

काठमाण्डौ । भारतमा कोभिड १९ महामारीको तेस्रो लहरको खतरा देखिएको छ ।

भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले तेस्रो लहरको खतरा आउन सक्ने चेतावनी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा आगामी १२५ दिनमा तेस्रो लहरको कोरोना महामारी आउनसक्ने बताएका छन् । सरकारी चिकित्सकको चेतावनि पछि भारत सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको बताउदै आएको छ ।०००