एमाले अध्यक्ष ओली र जसपाका नेताहरुबीच भेटवार्ता

0
2

काठमाण्डौ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा लगायतका नेताहरु आज बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि आफुहरु बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले जानकारी दिनुभयो । जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विपक्षी बनेको एमाले अध्यक्ष ओलीसँग ठाकुर पक्षले छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ADVERTISEMENT

पछिल्लो समय ठाकुर पक्षका ६ जना सांसद उपेन्द्र यादव पक्षसँग निकट भएको बताइएको छ । हिजो ठाकुर पक्षले बोलाएको संसदीय दलको बैठक ७ जना सांसदले बहिस्कार गरेका थिए ।०००