कृषिको कुन–कुन क्षेत्रमा पाइन्छ अनुदान, कसरी लिने ?

0
89

हेटौंडा । नेपाल कृषि प्रधान देश हो । यही देशमा दैनिक उपभोग्य कृषि जन्य बस्तु विदेशबाट धेरै आउने गरेको छ । सरकारले कृषि जन्य बस्तुमा आत्मनिर्भर बनाउन र युवालाई आकर्षित गर्न विभिन्न योजना ल्याएको छ ।

अनुदान

सरकारले कृषिमा अनुदान दिने गरेको छ । तर नेपालमा प्रधान गर्ने अनुदान लिन त्यति सजिलो भने छैन् ।

विदेशबाट फर्केका वा स्वदेशमै केही गर्न चाहने युवा र किसानलाई अनुदान दिँदै आएको छ । कृषि तथा पशुपालन सम्बन्धी अनुदान स्थानीय तहबाटै वितरण गर्नेे कार्यविधिमा उल्लेख रहेको पशु सेवा विभागका जानकारी दिएको छ ।

बाख्राको मासु र दूग्ध उत्पादनका लागि १ करोडसम्म प्रतिस्पर्धात्मक अनुदान दिने व्यवस्था रहेको छ । सो अनुदानमा अन्तगत ५० प्रतिशत कृषकले नै लगानी लगाउनु पर्ने र ५० प्रतिशत सरकारले दिने गरेको छ ।

उत्पादनमुखी, बजार प्रवर्दन, कृषि उद्योग सञ्चालन, मासु र दुग्धजन्य व्यवसायमा सुधार, पशुपालन लगायतका कार्यक्रमका लागि स्थानीय तहलाई योजना बनाएर बजेट पठाएको छ ।
स्थानीय सरकारले नै गाई, भैँसी, चौँरी लगायत पालनका लागि १० देखि २५ लाख रुपैयाँसम्म अनुदान दिन्छ गरेको छ ।

के मा कति अनुदान ?

बाली र पशुपन्छी बिमामा ७५ प्रतिशत र उन्नत बीउ, कृषि सम्बन्धी तालिमका कार्यक्रम, रासयनिक मल (युरिया, डिएपी र पोटास), सिँचाई, बगैँचा व्यवस्थापनका लागि बोटविरुवा र कृषि औजारमा ५० प्रतिशत किसानलाई अनुदान व्यवस्था रहेको छ ।

अनुदान कसरी लिने र प्रक्रिया के हो ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वितरण गर्ने अनुदान कृषि मन्त्रालय अन्र्तगतका प्रदेश र जिल्लाका कार्यालयबाट लिन सकिन्छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना र समुदाय व्यवस्थित सिन्चित कृषि क्षेत्र आयोजना मार्फत किसानलाई अनुदान प्रदान हुने गरेको छ ।

अनुदानका लागि कार्यक्रम अनुसार फरक–फरक कार्यविधि रहेकाले किसानले सम्बन्धित निकायमा सम्पर्क गर्नु पर्ने छ ।

व्यवसायीक तरकारी खेती र पशुपालन गर्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट किसानले अनुदान लिन सक्ने व्यवस्था रहेको छ ।

अनुदान लिन के के चाहिन्छ ?

जग्गाको प्रमाणपत्र, नागरिताको प्रतिलिपी, फर्म भएमा दार्ता गरेको प्रमाण पत्र र व्यवसायको परियोजना पेश गरेपछि मात्रै अनुदान लिन सकिने छ ।