मकवानपुरगढीमा ५ दिनमा १२९७ जनाले लगाए कोरोना विरुद्धको भेरोसेल खोप

0
32

मकवानपुरगढी- मकवानपुरगढीमा कोरोना विरुद्धको भेरोसेल खोप १२९७ जनाले लगाएका छन् । गत असार ३१ गते देखि आज श्रावण ४ गते सम्म संचालन गरिएको खोप कार्यक्रममा १२९७ जनामा खोप लगाइएको हो ।

जस अनुसार ५५ वर्ष माथी उमेर समुहका ६४६ जना , प्राध्यापक शिक्षक कर्मचारी ३३६ जना , अत्यावश्यक सेवाका कर्मचारी ८८ जना , सार्वजनिक यातायातका चालक,सहचालक २९ जना र खोप अनिवार्य गरिएका देशमा जान लागेका २८ जना गरि ६९३ जना पुरुष र ६०४ जना महिला गरि कुल १२९७ जनामा खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको ८ वटै वडामा रहेका स्वास्थ्य चौकीबाट खोप लगाइएको हो । ५ दिनसम्म चलेको खोप कार्यक्रम आज सम्पन्न भएको छ ।