सोमबार पनि थपिए मकवानपुरगढीमा ५ जना संक्रमित

0
30

मकवानपुरगढी – मकवानपुरगढीमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित हुनेको संख्या बढ्दो छ । केही दिन अघिसम्म दैनिक घट्दो क्रममा रहेको संक्रमित हुनेको संख्या पुनःबढ्न थालेको छ । पछिल्लो समय थपिएकामा अधिकांश ३ नम्बर वडा का रहेका छन् ।

यसैक्रममा सोमबार पनि मकवानपुरगढीका ५ जना कोभिड संक्रमित थपिएका छन् । थपिनेमा वडा ३ का ४ जना र वडा नम्बर ४ का १ जना रहेका छन् । जसमध्ये ३ जनाको हेटौंडामा गरिएको पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो २ जनाको भने मकवानपुरगढी मक्रान्चुलीमा रहेको अस्थायी कोभिड अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लमिछानेले बताउनुभयो ।

यो रेकर्ड सँगै हालसम्ममा कोभिड १९ को दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा कुल संक्रमण हुनेको संख्या २८९ पुगेको छ भने हालसम्ममा २५० जना संक्रमित भएको १४ दिन पार गरि संक्रमण मुक्त भैसकेका छन् ।

यसैगरी आज सम्ममा संकृय संक्रमितको संख्या ३९ जना रहेकोमा होम आइसोलेसनमा ३३ जना, अस्पतालमा उपचाररत १ जना र कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा ५ जना रहेको स्वास्थ्य शाखा प्रमुख लामिछ्नेले बताउनुभयो ।

मकवानपुरगढीमा अहिलेसम्ममा ५ जनाको कोभिड कै कारण ज्यान गएको छ ।