निजी क्षत्रले नयाँ प्रधानमन्त्रीसँग माग्यो आयातको १० प्रतिशत खोप

0
32

काठमााडौं । निजी क्षत्रले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग कोरोनाविरुद्धको खोप माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउनको लागि आयात भएको कोरोनाविरुद्धको १० प्रतिशत खोप निजी क्षेत्रको लागि माग गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप निजी क्षत्रको लागि मागेका हुन् ।

मल्लले भने, ‘निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि हुन्छ । त्यसैले निजी क्षेत्रका लागि सरकारले १० प्रतिशत खोप मागेका हौं ।’

प्रधानमन्त्री देउवाले खोपको विषयका सरकार सम्वेदनशील रहेको र निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताए ।