कस्तो छ वाणिज्य बैंकको विजनेस, २७ वटामा कस्को धेरै व्यापार ?

0
26

हेटौंडा । गत आर्थिक वर्ष २०७७÷७८ मा २७ वटा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत अबमा सबैभन्दा धेरै निक्षेप संकल एनआईसी एसिया बैंकले गरेको छ । यो बैंकले सजिलै कर्जा दिने गरेको छ । लोन निलेहरुले भने एनआईसी एसिया बैंकले समस्यामा परको भन्ने गरेका छन् ।

२७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब रुपैयाँ पुगेको छ । एनआईसी एसिया बैंकले यो एक वर्षको अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जामा पनि एनआईसी एसिया नै अगाडि देखिएको छ । एनआईसी एसिया बैंकले यो एक वर्षको अवधिमा ९१ अर्ब १० करोड रुपैयाँ कर्जा बढाएर २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, दोस्रोमा बढी निक्षेप संकलन गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकले यो एक वर्षको अवधिमा ५६ अर्ब ७ करोड रुपैयाँ निक्षेप बढाएर २ खर्ब ८३ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ग्लोबलको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

व्यापारमा कुन कस्तो ?

यो एक वर्षको अवधिमा २७ वटा वाणिज्य बैंकहरुले ७ खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ निक्षेप बढाउँदा कर्जा ८ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यो एक वर्षको अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा पनि एनआईसी एसिया बैंक नै देखिएको छ भने सबैभन्दा कम कर्जा प्रवाह गर्ने बैंकको रुपमा नेपाल एसबीआई बैंक देखिएको छ । यो बैंकले यो अवधिमा ७ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन भने उल्टै घटेको छ ।

यो बैंकको निक्षेप गत वर्षको तुलनामा ४ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब १० अर्ब रुपैयाँ संकलन गरेकोमा गत आवमा भने १ खर्ब ६ अर्ब २२ करोड रुपैयाँ निक्षेप मात्रै संकलन गरेको छ ।