एमाले अध्यक्ष ओली र नेता चन्दबीच भेटवार्ता

0
39

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द समूहका नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला ओली, निवास बालकोटमा पुग्नुभएको थियो । भेटमा सहभागी एमाले नेता राजन भट्टराईले चन्द समूहका नेताहरुले गरेको सहमति अनुसार नै अगाडि बढ्न चाहेको बताउनुभयो ।

उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका थिए । अध्यक्ष ओलीले सरकारमा भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताउनुभएको छ । ०००