चौकिटोल ओरालोमा कार र स्कुटी ठोक्कियो

0
1811

हेटौंडा – हेटौंडाको चौकिटोल ओरालोमा कार र स्कुटी ठोक्किएको छ ।

चौकिटोलबाट हेटौंडा तर्फ आउँदै गरेको बा १८ च १६६९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३ ००२ प ६२०२ नम्बरको स्कुटी एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परि स्कुटी चालक घाईते भएको र उनलाई अस्पताल लगिएको छ ।