महालक्ष्मी विकास बैंकले ७३ करोड २९ लाख खुद नाफा कमायो, लाभांश क्षमता कति ?

0
14

काठमाडौं । महालक्ष्मी विकास बैंकको खुद नाफा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ४२ करोड ८५ लाख खुद नाफा कमाएकोमा गत आर्थिक वर्ष बैंकको नाफा बढेर ७३ करोड २९ लाख पुगेको छ । आर्थिक वर्ष ७७÷७८ मा महालक्ष्मी विकास बैंकको खुद नाफा ७१.०२ प्रतिशतले बढेको छ ।

बैंकको अन्य संचालन आम्दानी अघिल्ले वर्ष ३ करोड ३८ लाख मात्र रहेकोमा गत वर्ष बढेर १६ करोड ४९ लाख पुगेको छ ।

बैंकले करिब १६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकको निक्षेप ४.४१ प्रतिशतले बढेर ३८ अर्ब ६० करोड पुगेको छ भने कर्जा प्रवाह २.२७ प्रतिशतले बढेर ३० अर्ब १० करोड पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १.५० प्रतिशतले बढेर १ अर्ब ५६ करोड पुगेको छ । ३ अर्ब ३४ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २ अर्ब १६ करोड रहेको छ ।

बैंकको खराब कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २१.९३ पैसा, प्रति शेयर नेटवर्थ १६४.७५ रुपैयाँ र पीई रेसियो २०.२९ गुणा रहेको छ ।