ह्याकरको धम्की बैंकमाथि, कहिले एटीएम त कहिले बैंकलाई चुनौती

0
59

काठमाडौं । विश्वले प्रविधिमा धेरै विकास गर्यो । नेपाल केही वर्ष अघिसम्म दिसापिसाब मुक्त क्षत्र घोषणा गरिरहेको थियो । प्रविधिमा नेपाललाई कम्जोर देखेर नै नेपालको बैंकलाई ह्याकरले चुनौती दिएको छ ।

ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको जानकारी गरायो ।

ADVERTISEMENT

केही समय अघि चीनीयाँ ह्याकरले एटीएमबाट पैसा निकालेका थिए । ती पैसा झिक्नेलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपालको आर्थिक क्षेत्रलाई ह्याकरले आँखा लगाइहेका छन् । नेपालको आर्थिकलाई ह्याकरले दिएको चुनौती सामाना गर्न थप जनशक्ति प्रयोग गर्ने समय आएको छ ।

कति सहज छ सिस्टम ह्याक गर्न ?

नेपालका अधिकांश बैंकहरुले कोर बैंकिङ कार्यको लागि भारतीय कम्पनीले बनाएको फिनाकल सफ्टवयर प्रयोग गर्ने गरेका छन् । केही बैंकहरुले पुमरी सफ्टवयर पनि प्रयोग गर्ने गरेका छन् । बैंकहरुले बैंकिङ कार्यको लागि प्रयोग गर्ने मुख्य सफ्टवरलाई ‘कोर बैंकिङ सिस्टम’ (सीबीएस) भनिन्छ ।

नेपालका बैंकहरुमा कार्यरत आईटी विज्ञहरु सीबीएसमा कुनै पनि प्रकारको ह्याकिङ सम्भव नभएको बताउँछन् । तर, बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक बैंकिङका लागि प्रवाह गर्ने थप सेवा र शाखा संजाल संचालनको लागि प्रयोग गरिएको ‘पब्लिक डोमन’का कारण साइबर सुरक्षा चुनौति थपिदै गएको छ ।