टोकियो ओलम्पिकको भब्य उद्घाटन, गौरीकाले फहराईन नेपालको झण्डा

0
50

 काठमाण्डौ। जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ ।

कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ ।

ADVERTISEMENT

जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । 

भाइरस महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना सहभागि छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छिन् । जुडोकी भट्टले रुसकी डोल्गोभा इरिनासँग शनिबार प्रतिस्पर्धा गर्ने जनाइएको छ ।