खिम्ती खोलामा ट्याक्टरबाट खसेर एक बालक बेपत्ता

0
162

रामेछाप । रामेछापको खिम्ती खोलामा ट्याक्टरबाट खसेर बालक बेपत्ता भएका छन् ।

आईतबार दिउसो करिब लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ खिम्तीबाट कुखुराको दान लिएर गोकुलगंगाा गाउँपालिका वडा नं. ६ फर्पुमा जाने क्रममा फर्पुका करीब ११ वर्षिय बालक मिलन तामाङ खोलामा डुवेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

ना ३ च ६६२९ नम्बरको ट्याक्टरबाट खिम्ती बजारबाट करीब २०० मिटर अगाडी खिम्ती खोलामा खसेर बेपत्ता भएका बालकको खोजीकार्य भईरहेको खिम्तीका प्रहरी हवल्दार शिवजी यादबले जानकारी दिनुभयो ।

ट्याक्टर चालकले थाहानै नपाई बालक पछाडीको ढालामा चढेको र कच्चि बाटोमा ट्याक्टरले उफारेर बालक खिम्तीखोलामा खसेको स्थानीयले देखेपछि अहिले प्रहरी सहितको टोलि र स्थानीयले खोजीकार्य जारी राखेको भएपनि खोलामा बाढी आएका कारण फेलापर्न नसकिएको बताइएको छ ।