नेपालीले १ वर्षमा नै पिए साढे २ अर्बको विदेशी रक्सी, निर्यात कति हुन्छ ?

0
37

काठमाडौं । नेपालको बैदेशिक व्यापार घाटा धेरै भएको सबैलाई चिन्ता भइरहेको छ । तर नेपाललीले २ अर्ब ५६ करोडको रक्सी आयात गरेर पिएका छन३ । यो तथ्यांक गत आर्थिक वषको हो ।

नेपालमा अहिले मदिराको उत्पादन बढ्दा विदेशी मदिरा विस्तारै विस्थापित हुँदैछ । विश्व स्तरीय मदिराको उत्पादन नेपालमै हुने भएकाले अहिले तारे होटलहरुमा पनि नेपाली वियर, ह्वीस्की, रम, भोड्का लगायतका मदिरा सर्भ हुन थालेका छन् । यद्यपी, विदेशी रक्सी आउन भने रोकिएको छैन ।

ब्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ३ अर्ब १० करोड रुपैयाँको मदिरा आयात भएको थियो ।

तर, ४ वर्षको अवधिमै आयात करिब ६६ करोडले घटेको छ । यो स्वदेशी मदिरा उद्योगका लागि सुखद पक्ष भएको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् ।

निर्यात कति ?

नेपाली मदिरा विदेशी बजारमा पनि निर्यात हुन थालेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न मुलुकमा गरी कुल ७ करोड ७९ लाख रुपैयाँको नेपाली रक्सि निर्यात भएको छ । तथ्यांक अनुसार एक वर्षमा ३ लाख ६९ हजार लिटर नेपाली मदिरा विभिन्न देशमा निर्यात भएको छ ।

ADVERTISEMENT