सोमबार ५ जना थपिए संक्रमित,मकवानपुरगढीमा संक्रमितको संख्या २९६ पुग्यो

0
52

मकवानपुरगढी – मकवानपुरगढीमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित हुनेको संख्या २९६ पुगेको छ । सोमबार पनि ५ जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरगढी मक्रान्चुलीमा रहेको अस्थायी कोभिड अस्पतालको वार्डमा आज थप २ जना संक्रमित थपिएका छन् भने सो वार्डमा अहिले ४ जना संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लमिछानेले बताउनुभयो ।

यो रेकर्ड सँगै हालसम्ममा कोभिड १९ को दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा कुल संक्रमण हुनेको संख्या २९६ पुगेको छ भने हालसम्ममा २६२ जना संक्रमित भएको १४ दिन पार गरि संक्रमण मुक्त भैसकेका छन् ।

यसैगरी आज सम्ममा संकृय संक्रमितको संख्या ३५ जना रहेकोमा होम आइसोलेसनमा ३० जना र कोभिड अस्थायी अस्पताल मक्रान्चुलीमा ४ जना रहेको छन् भने १ जना संक्रमित भएको १४ दिन पूरा गरि संक्रमण मुक्त भएको स्वास्थ्य शाखा प्रमुख लामिछ्नेले बताउनुभयो ।

मकवानपुरगढीमा अहिलेसम्ममा ५ जनाको कोभिड कै कारण ज्यान गएको छ ।

ADVERTISEMENT