मकवानपुरगढीमा मल बिक्रेता सहकारीका लागि अभिमुखीकरण तालिम

0
82

मकवानपुरगढी-मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा गाउँपालिका भित्र रहेका मल बिक्रेता सहकारीका अध्यक्ष र प्रबन्धकहरुलाई मल खरिद बिक्री व्वस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षता कार्यक्रम भएको हो ।

गाउँपालिकाको वडा न. १ देखि ८ सम्मका १३ वटा मल बिक्रेता सहकारीहरुको सहभागीतामा तालिम संचालन भएको हो । तालिममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख बल बहादुर पन्त, सहायक प्रबन्धक बिष्णू गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहजीकरण गर्नुभएको थियो ।

तालिमको उपलब्धीमा चालु आ.व. को यसै (श्रावण) महिना देखि मल बिक्रेता सहकारीहरुले विद्युतीय प्रणाली मार्फत खरिद बिक्रीको रेकर्ड राख्ने विषयमा छलफल भएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कार्यक्रममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौडाका प्रमुख बलबहादुर पन्त, सहायक प्रबन्धक बिष्णू गौतम, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि विकास शाखाका कर्मचारी र तालिममा सहभागी रहेका सहकारीका अध्यक्ष र प्रबन्धकहरुको उपस्थति रहेको थियो ।

ADVERTISEMENT