इजरायलले नेपालीलाई १ लाख ५० हजार तलबमा लैजाने, के छ प्रक्रिया ?

0
182

काठमाडौं । इजरायलले नेपाली कामदारलाई लैजाने भएको छ । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको हो ।

रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन् । विभागले इजरायल पठाउन कार्यविधि बनाउँदै छ ।

ADVERTISEMENT

विभागले यही जनवरीदेखि प्रक्रिया सुरु गर्नेछ । कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन् । तीन महिनाभित्रै कामदार इजरायल पठाउनेगरी विभागले गृहकार्य सुरु गरेको छ ।

इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले अवसर पाउनेछन् । दसजोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन् । इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ ।

इजरायलमा मासिक एक हजार पाँच सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाइन्छ । ३ सय २० डलर फन्डमा जम्मा हुन्छ । कामदार फर्किंदा पाउने प्रावधान छ। सुरुमा १ हजार २ सय ८० डलर पाउँछन् ।

श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बन्ने छ ।