कोभिडको दोश्रो लहरबाट मकवानपुरगढीमा ३ सय जना संक्रमित,२६७ जना संक्रमणमुक्त

0
48

मकवानपुरगढी- कोभिड-१९ को दोश्रो लहरबाट मकवानपुरगढी गाउँपालिकामा आजसम्ममा ३ सय जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये २६७ जना १४ दिन पूरा गरि संक्रमण मुक्त भएका छन् । यसैक्रममा आज पनि १ जना कोभिड संक्रमित भएको र ४ जना पुरुष संक्रमित भएको १४ दिन पुरा गरी संक्रमणमुक्त भएका छन् ।


संक्रमित भएका मध्ये अब बाँकी ३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरू मध्ये २६ जना होमआइशोलेसनमा रहेका छन् भने ७ जना मक्रान्चुली फुटसलमा रहेको कोभिड अस्थायी अस्पतालको वार्डमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

कोभिड कै कारण मकवानपुरगढीमा हालसम्ममा ५ जनाको ज्यान गएको छ ।

ADVERTISEMENT