नयाँ उर्जा मन्त्रीले भने अनुसार विद्युत महसुल घट्ला ?

0
73

काठमाडौं । नयाँ उर्जा मन्त्रीले एक कार्यक्रममा विद्युतको महसुल घटाउने घोषणा गरेकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् ।

मन्त्री भुसालका अनुसार अहिले मन्त्रालयले विद्युत महसुल घटाउने बारे तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सँग भेटवार्ता गर्दै सो कुरा बताएकी हुन् ।

ADVERTISEMENT

मन्त्री भुसालले भनिन्, ‘विद्युतको पहुँच नपुगे ठाउँमा विद्युत् पु¥याउने र खपत बढाउनका लागि आफूले विद्युत महसुल घटाउने योजना ल्याउन लागेको छु । घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ । पिपिए गर्ने तर प्रशारणलाइन बनाउन नसक्ने अवस्था पनि उपयुक्त होइन ।’

मन्त्रीले भने अनुसार अहिले नै कति महसुल घट्छ भन्न सकिने अवस्था छैन् । नेपाल विश्वमा जस्रोतको दोस्रो धनी देश भएपनि छमेकी देश भारतबाट विद्युत आइरहेको छ । नेपालले आफुलाई पुग्ने विद्युत उत्पादन गर्ने हो भने विस्तारे विद्युतको शुल्क वा महसुल घट्ने देखिन्छ ।