हेटौंडाका सयौं युवाहरू एमालेमा प्रबेश, मुख्यमन्त्री पौडेलद्वारा स्वागत

0
785


हेटौंडा / नेकपा एमाले मकवानपुरले पार्टी प्रबेश कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुका विभिन्न पार्टी परित्याग र स्वतन्त्र सहित ११३ जना युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन ।

नवप्रबेशि युवाहरुलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

ADVERTISEMENT

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले एमालेप्रति आम नेपालीको विस्वास बढेको वताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको वताउनुभयो ।

ओली नेतृत्वको सरकार र बागमती सरकारले राम्रा काम गरेको मुख्यमन्त्री पौडेलको दाबी गर्नुभयो ।
कार्यक्रममा एमालेका नेता तथा संबिधान सभा सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेकपा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानाको अध्यक्षतामा भएको थियो ।