सहकारी अभियानद्वारा हेटौंडामा ११ हजार सातसय थान माक्स वितरण

0
44

हेटौंडा- सहकारी अभियानद्वारा हेटौंडामा ११ हजार सात सय थान माक्स वितरण गरिएको छ । हेटौंडा बजारमा स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने ब्यक्तिहरुलाई सहकारी अभियानले मास्क प्रदान गर्ने, मास्क प्रयोग गर्न सिकाउने कार्य गरेको थियो ।

असार २९ बाट सुरु भएको कोभिड सचेतना सहायता केन्द्र १७ दिन सम्म संचालन गरि आज बिहिबार सम्पन्न गरिएको छ ।
 
मकवानपुर जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अभियानद्वारा हेटौंडाको सीमाचोकमा असार २९ गते देखि साउन १४ गतेसम्म संचालन गरेको कोभिड सचेतना सहायता कक्षबाट उक्त अवधिमा ११ हजार ७ सय जनालाई निशुल्क मास्क बितरण गरिएको थियो ।

मकवानपुर  जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम सहकारी अभियानले असार २९ गतेदेखि कोभिड सचेतना कक्ष १७ दिनसम्म सञ्चालन गरेको थियो ।

मकवानपुर जिल्ला सहकारी संघ लि.को अगुवाइमा जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघको समन्वयमा सहायता कक्ष संचालन गरिएको मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

जिल्ला भर रहेका सहकारी संस्थाको स्वेच्छिक आर्थिक सहयोग र स्वयंसेवक सहयोगमार्फत कोरोना सचेतना केन्द्र प्रभावकारी ढंगले संचालन गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो  ।

नियमित रुपमा मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गर्दा कोगोना भाइरसबाट बच्न सकिने भन्दै मास्क नलगाई हिड्ने र सामाजिक दुरी पालना सम्बन्धी ज्ञान नभएका सर्वसाधरणहरुलाई मास्क वितरण, स्यानिटाइजर प्रयोग सिकाई, साबुन पानीले हात धुन अनुरोध गर्ने लगायतका कामहरु सहायता कक्षबाट गरिएको मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले बताउनुभयो । विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म जिल्लाका सहकारी संघ संस्थाका कर्मचारीहरुद्वारा स्वयंसेवक भई स्वास्थ्य सचेतना फैलाएको समेत बताउनुभयो ।

दुई सिफ्टमा सञ्चालन भएको कोभिड सहायता कक्षबाट धेरै सर्वसाधारणहरुले कोभिड सुरक्षा सम्बन्धी सूचना प्राप्त गर्नुभएको थियो ।

ADVERTISEMENT