मैलुङ खोलाको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

0
74

काठमाडौँ । आज नयाँ कम्पनीको आइपीओ खुलेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर(आइपीओ) आजदेखि निष्काशन खुला भएको हो ।

सो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बताएको छ ।

ADVERTISEMENT

बिक्री प्रबन्धकका अनुसार कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

खुलेको सेयर मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ रहेको छ ।