जसपा संसदीय दलको नेता छान्न शनिबार निर्वाचन हुने

0
31

काठमाण्डौ ।  जनता समाजवादी पार्टी जसपाले साउन १६ गते संसदीय दलको निर्वाचन गर्ने भएको छ ।
आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी शनिबार संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने र नभएमा निर्वाचनमा जाने निर्णय भएको नेता मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने नलागेको नेता राईले जानकारी दिनुभयो ।

३ दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजन समेत गरेको छ । पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ । त्यसैगरी अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षका २२ सांसद रहेका छन ।

ADVERTISEMENT

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना रहेको बताइएको छ । जसपाले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादव, नेताहरु डा. बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ ।००००