खोप अनुगमन, निःशुल्क विद्युत र श्वेयतपत्र, सरकारको रहर कि बाध्यता ?

0
20

काठमाडौं । निर्वतमान प्र्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दै गर्दा भोलिबाट कोरोना विरुद्धको खोपको विषयमा व्यापक चर्चा सुरु हुने छ । उनले भनेको जस्तै नयाँ प्र्रधानमन्त्री शेरबहादुर देउवा खोप केन्द्रमा गएर अनुगमन गर्न थाले ।

नेपालमा राजनीतिक संस्कार पनि एउटा पार्टीले अर्को पार्टीको विरोध गरेर नै चर्चामा अउने गरेको छ । प्र्रधानमन्त्री देउवाले गरेको काम र भाषण पनि त्यो भन्दा फरक थिएन । नयाँ सरकार बनेको लामो समयसम्म पनि मन्त्री विस्ता गर्न नसकेका प्र्रधानमन्त्री देउवाले कसरी काम गर्छन भन्ने हेर्न बाँकी नै छ । तर उनी यसभन्दा पहिले ४ पटक प्र्रधानमन्त्री हँदा चर्चा गर्न लायक केही त्यस्तो गरेका छैन्न ।

ADVERTISEMENT

केपी ओली प्र्रधानमन्त्री भएका बेला नक्सदेखी विभिन्न काम गरेर जनताको मनमा बसेका थिए । उनले जग्गा विहिनहरुका लागि जग्गा वितरणको काम समेत सुरु गरेका थिए ।

माओवादीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री बनेकी पम्फा भुसाले २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने तयारी गरेको भन्दै विभिन्न कार्याक्रममा बोल्दे आएकि छिन् ।

पछिल्लो समय बेला बेलामा विद्युत गइरहेको छ । भएको वितरणलाई पनि व्यवस्थित गर्न आवश्य देखिन्छ । भारतबाट विद्युत किनेर ल्याएर निःशुल्क विद्युत दिने तयारीभन्दा पनि देशका लागि आवश्य पर्ने विद्युत उत्पादन गर्ने भनेको भए अलि राम्रो हुन्थ्यो कि भन्नेहरु पनि धेरै छन् ।

मन्त्री भुसालले २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने तयारी गरिरहेको बताएकी छन् ।
माओवादीबाट नै अर्थमन्त्री बनेका जनार्दन शर्मालाई पनि काम गर्न त्यति सजिलो छैन् । पहिले उज्यालो नेपालको अभियान संचालन गरेर सफल भएका शर्मा यस पटक के हुने हो हेर्न बाँकी नै छ ।

असारको सुरुमा नै आउनु पर्ने मौन्द्रिक नीति अर्थमन्त्रीले नै रोकेर राखेका छन् । उनी देशको अर्थतन्त्र कस्तो छ भनेर श्वेयतपत्र जारी गर्न तिर लगेका छन् । अहिले जनताले देशको आर्थिक अवस्था भन्दा पनि रोजगारी र कोरोनाको खोप खोजिरहेका छन् ।