कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता

0
12

काठमाण्डौं । कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता भएका छन् ।

आज दिउँसो कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भउका हुन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।

ADVERTISEMENT

दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।००००