कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

0
14

काठमाण्डौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ ।

नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि अहिले केहिबेरमा सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनुभएको थियो ।०००