सरकारले आश्वासन मात्रै दिए आन्दोलन गर्ने उखु किसानको चेतावनी

0
13

काठमाण्डौ । उखु किसानको एकमुष्ट रकम भुक्तानी गराउन किसान संगठनहरुले सरकारसँग पुनः ताकेता गरेका छन् ।

संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै उखु किसानहरूले उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी हुने व्यवस्था गरिदिन वर्तमान सरकारसमक्ष माग राखेका हुन् । संयुक्त विज्ञप्ति मार्फत किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने बताइएको छ ।

ADVERTISEMENT

विज्ञप्तिमा उखु बिक्री गरेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम  किसानले प्राप्त गर्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको प्रष्ट पारिएको छ । ००००