बागमती र प्रदेश नं २ का ६ वटा सहकारी समुहसँग एन.एल.एस.आइ.पीको अनुदान सम्झौता ,दूध तथा मासु उत्पादनमा लगानी

0
388

भाद्र १४, हेटौंडा – बागमती प्रदेश र प्रदेश नं २ का गरि ३ वटा जिल्लाका ६ वटा सहकारी समुहसँग नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना(NLSIP) विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौंडाका बिच उप आयोजना संचालनका लागि द्धिपक्षिय सम्झौता सम्पन्न भएको छ ।

सम्झौता भएका संस्थाहरूमा चितवन जिल्लाको प्रेमवस्ती दुग्ध उत्पादन सहकारी संस्थाले दुग्ध उत्पादनका लागि पशुपालन तर्फ , सिरहा जिल्लाको वालासुन्दरी साना किसान कृषि सहकारी संस्था र लाहानमा रहेको साना किसान कृषि सहकारी संस्था वस्तीपुरले दुग्ध पदार्थ विविधीकरण तर्फ , सिरहा जिल्ला धनगढीमाई साना किसान कृषि सहकारी संस्थाले मासु उत्पादन तर्फ , काभ्रे जिल्लाको धुलिखेल स्थित देउराली दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादन र चरङ्गे कृषि तथा पशुपन्छी कृषक समूह नमोबुद्दले मासु उत्पादन तर्फको सम्झौता गरेका हुन् ।

ADVERTISEMENT

उत्पादक समुह तथा सहकारी बीच पूरक अनुदान कार्यक्रम अन्तरगत उप आयोजना संचालनको लागि भाद्र १३ गते आइतबार आयोजनाको कार्यालय हेटौंडामा द्धिपक्षिय सम्झौता सम्पन्न भएको हो । कार्यालयको तर्फबाट आयोजना समन्वय प्रमुख डा. बिदुर प्रसाद गौतम र सहकारी समुहहरुका अध्यक्षहरुले सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा योजना अधिकृत , अनुगमन तथा मुल्यांकन अधिकृत , ब्यवसाय प्रदायक NABIC को तर्फबाट दिपक महरा लगायतको उपस्थिति रहेको थियो ।

आयोजना अन्तरगत रहेको विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौंडाको कार्यक्षेत्र रहेको बागमती प्रदेश र प्रदेश नं. २ का ७ जिल्ला मध्ये ३ जिल्लाका ६ वटा संस्थाहरुसँग पहिलो सम्झौता सम्पन्न भएको आयोजना प्रमुख डा. गौतमले बताउनुभयो ।

दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन र प्रशोधन, उत्पादकत्व ४० प्रतिशत ले वृद्धि गर्ने र विक्रि ३० प्रतिशतले वृद्धि हुने आयोजनाको लक्ष्य रहेको छ । त्यसैगरी खसी बोकाको मासु तथा मासुजन्य पदार्थको उत्पादकत्व ४० प्रतिशतले वृद्धि हुने र विक्रि ३० प्रतिशतले वृद्धि हुने लक्ष्य रहेको छ ।

बागमती प्रदेश को चितवन जिल्लामा रहेको प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाले नै १०० वटा उन्नत जातको गाई पालन गरी आयोजनाको उद्देश्य पूरा गर्ने लक्ष्य सहितको योजना अगाडि बढाएको छ ।

आयोजनाले भौतिक संरचना निर्माण, मेशिनरी उपकरण घाँसखेतीमा ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ । रकम कार्यसम्पन्नताका आधारमा ३ किस्तामा उपलब्ध हुने र कार्य सम्पन्न २०७९ जेष्ठ मसान्तसम्म गरिसक्नुपर्ने डाक्टर गौतमले बताउनुभयो ।

यसैगरी मकवानपुरका ४ वटा सहकारी संस्थाहरू पनि आयोजना सम्झौताको तयारीमा छन् । मकवानपुरगढी ३ , मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध प्रशोधन तर्फ , साना किसान कृषि सहकारी संस्था मनहरी , चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था र वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादन तर्फ सम्झौताको तयारी भएको र दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्य शृङ्खलामा आधारित उप आयोजनाको छिट्टै सम्झौता गरिने आयोजना समन्वय प्रमुख डा. गौतमले बताउनु भएको छ ।

आयोजना सम्पन्न गर्नको लागि संबन्धित संस्थाको २० प्रतिशत , बैंकको ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ५० प्रतिशत ( १ करोडसम्म ) NLSIP को लगानी रहनेछ । आयोजनाको कुल लागत २ करोड सम्मको हुनेछ ।

पशुजन्य पदार्थहरुको उत्पादकत्वमा तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु :- दुध , मासु , पश्मिना मा आधारित साना किसान तथा उद्यमीहरु लगायतकाको समानुकुलतालाई सुधार गर्ने उदेश्यले विश्व बैंकको ऋण सहयोगमा लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालन भएको हो ।