खुल्न थाले काठमाडौँका विद्यालय,अनुगमनमा ध्यान दिन विज्ञहरुको सुझाव

0
16

काठमाण्डौ । विद्यालयहरूले भौतिक रुपमा पठनपाठन सुरु गर्न थालेपछि विज्ञहरूले स्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।


काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा आजदेखि स्वास्थ्य सावधानी अपनाएर विद्यालयहरु भौतिकरुपमा सञ्चालन भएसँगै विज्ञहरूले अनुगमनमा जोड दिएका छन् । विद्यालय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पालना भए नभएको नगरपालिकाको शिक्षा शाखाले अनुगमन गर्ने उल्लेख छ । वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने विधिले धेरै विद्यार्थीलाई समेट्न नसकेको भन्ने गुनासो चर्केको बेला भौतिक रुपमा विद्यालय खोल्न थाल्नुपर्ने आवश्यकताका माझ विज्ञहरूले सावधानीका उपायमा जोड दिएका हुन् ।

ADVERTISEMENT

ढिलो चाँडो विद्यालय खोल्नु पर्ने भएपनि विद्यार्थीहरू कक्षामा बस्दा स्वास्थ्य मापदण्ड पालना भएको नभएको हेर्नुपर्ने र १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने विषय पनि सँगसँगै लैजानुपर्ने जनस्वास्थ्यविद् डाक्टर सेनेन्द्रराज उप्रेतीले बताउनुभयो । उपत्यकाको गोकर्णेश्वर नगरपालीका सँगै उपत्यका बहिरका पालीकाहरुलेपनि बिद्यालय खोल्ने वातावरण बनाई रहेका छन ।००००